काङ्ग्रेसको राज्य प्रशासन विभागमा १० सदस्य मनोनीत

नेपालभ्युज

काङ्ग्रेसको राज्य प्रशासन विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राज्य प्रशासन विभागमा १० जना सदस्य मनोनयन गरेका छन् ।

उनले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको काङ्ग्रेस राज्य प्रशासन विभागमा शुक्रबार १० सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनोनीत सदस्यमा विजयराज आचार्य (कास्की), डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर), गोपालप्रसाद पोख्रेल (सुनसरी), अर्जुन साह (सप्तरी) र थम्मनबहादुर खत्री (गुल्मी) रहेका छन् ।

यस्तै, रामबहादुर रोकाह (डोटी), मक्करबहादुर रावल (मुगु), गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके) र तीर्थराज खनाल (झापा) पनि मनोनीत हुनेमा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved