काठमाडौं । महालेखापरीक्षकको कार्यालयले वैदेशिक ऋणमा घोटालाको आशङ्का गरेको छ । तीन निकायले फरक-फरक विवरण पेस गरेपछि वैदेशिक ऋणको यकिन रकम पेस गर्न महालेखाले निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा महालेखा नियन्त्रक कार्यालयले तयार गरेको एकीकृत वित्तीय विवरणमा १ खर्ब १३ अर्ब २७ करोड वैदेशिक ऋण देखाएको छ । यता, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १ खर्ब २५ अर्ब ६७ करोड वैदेशिक ऋण देखाएको हो । यता, अर्थमन्त्रालयको प्रतिवेदनले भने १ करोड १९ अर्ब ६ करोड प्राप्त भएको देखाएको छ ।
फरक‑फरक विवरण प्राप्त भएपछि महालेखाले भनेको छ, ‘तीन निकायहरूको विवरणमा वैदेशिक सहायता फरक परेको सम्बन्धमा हिसाब भिडान गरी यथार्थ प्राप्ति रकमको प्रतिवेदन हुनुपर्दछ । ’
महालेखाले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामार्फत प्राप्त भएको सहायता पनि बजेटमा समावेश गर्दै वैदेशिक सहायताको लेखा परीक्षण गर्न भनेको छ ।
Facebook Comment
Comment