महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनको सामना गर्ने

नेपालभ्युज

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनको सामना गर्ने

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज (बिहीबार) हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ । आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ ।

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो ।

नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

नेपाल हङकङसँग पराजित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved