विद्युत् प्राधिकरणले तिरेन १ खर्ब २४ अर्बभन्दा बढी ऋण

नेपालभ्युज

विद्युत् प्राधिकरणले तिरेन १ खर्ब २४ अर्बभन्दा बढी ऋण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारलाई १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।

महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणले सरकारको सावाँ तथा ब्याजसमेत १ खर्ब २४ अर्ब ४ करोड बक्यौता रहेको उल्लेख छ ।

अर्थ मन्त्रालय र मातहातका निकायले ४ खर्ब ३५ अर्बभन्दा बढी राजस्व तथा भाखा नाघेको ऋणको सावाँ ब्याज असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved