सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

नेपालभ्युज

सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

काठमाडौं । सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ९६ अङ्कले घटेर २६२० दशमलव २७ को विन्दुमा पुगेको छ ।

बुधबार ३१५ कम्पनीका १ लाख १२ हजार ५७७ पटकको कारोबारमा १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँ रहेको छ ।

६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये विकास बैङ्क र अन्य इन्डेक्समा उछाल आउँदा बाँकी राताम्मे छन् । आज राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved