रवि लामिछानेको रिट तेस्रोपटक हेर्न नमिल्नेमा

नेपालभ्युज

रवि लामिछानेको रिट तेस्रोपटक हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट लगातार तेस्रोपटक हेर्न नमिल्नेमा परेको छ ।

रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।

यसअघि गत आइतबार न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानेको मुद्दामा हेर्न नमिल्ने भएको थियो । मङ्गलबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएपनि हेर्न नमिल्नेमा परेको थियो ।

न्यायाधीश पोखरेलको कारण हेर्न नमिल्ने भएको थियो । अधिवक्ता हुँदा रविका विभिन्न मुद्दाहरूमा पोखरेलले वकालत गरेका थिए ।

९ वैशाखमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved