यसरी निभाइयो मखन टोलमा लागेको आगो (तस्वीरहरू)

नेपालभ्युज

यसरी निभाइयो मखन टोलमा लागेको आगो (तस्वीरहरू)

काठमाडौं । मखन टोलमा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र र महानगर प्रहरीको टोलीको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।

घटनामा एक ७० वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

साथै, आगलागीमा परेर एक ३८ वर्षीया महिला घाइते भएकी छिन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहराले बोहराले जानकारी दिए ।

मखनटोलको महादेव चोकमा रहेको एक घरमा बुधबार बिहान आगलागी भएको हो ।

उक्त आगो अर्को घरमा समेत फैलिएको थियो । आगो सुरुमा मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको माटो र काठले बनेको ४ तल्ले कच्ची घरमा लागेको थियो । सो आगो पछि दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तल्ले पक्की घरमासमेत सल्कियो ।

घरको तेस्रो तल्लामा ग्यास लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved