दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

नेपालभ्युज

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

काठमाडौं । इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको मृत्यु भएको छ । आक्रमणबाट दर्जनौँ घाइते भएका छन् । पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो । गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ ।

पछिल्लो १० सातमा त्यहाँ खानेपानी, औषधि र टेन्टको व्यवस्था पनि छैन । संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

न्युयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरूमाथि अवरोध सिजैना गरेको आरोप लगाएका छन् ।
उनले इजरायलले गाजामा राहत वितरणका लागि ल्याएको नयाँ सर्तमा पनि आपत्ति जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved