सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधि सहभागी हुने (सूचीसहित)

नेपालभ्युज

सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधि सहभागी हुने (सूचीसहित)

काठमाडौं । सगरमाथा संवाद २०२५ मा करिब १७५ जना विदेशी प्रतिनिधि सहभागी हुने भएका छन् ।

परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद २०२५ व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाले मङ्गलबार पत्रकार सम्मेलन गर्दै १२ देशबाट उच्च तहका प्रतिनिधिमण्डलहरू सहभागी हुने जानकारी दिइन् ।

“संवादमा करिब १७५ जना विदेशी पाहुनाहरू सहित करिब त्यतिकै संख्यामा नेपाली सहभागीहरू गरी जम्मा करिब ३५० जना सहभागीहरूले भाग लिनुहुनेछ। जसमा १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डलहरू सहभागी हुनुहुने छ, जसमा Parliamentary Vice Chairman देखि मन्त्रीज्यूहरु लगायत हुनुहुन्छ,” उनले भने ।

साथै, सार्क, बिमस्टेक, विश्व बैङ्क, एडीबी, Loss and Damage Fund, IPCC, UNFCCC, UN-ESCAP, IRENA, Alpine Convention र विकास सहायता संस्था, विश्वविद्यालय, थिंकट्याङ्क, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी र दर्जनौ स्वदेशी संगठन एवं संस्थाहरूले पनि संवादमा भाग लिनेछन् ।

विदेशी प्रतिनिधिको सूची –

   जियाओ जी, १४औँ राष्ट्रिय जनकंग्रेस (एनपीसी) को स्थायी समितिका उपाध्यक्ष, जनवादी गणतन्त्र चीन

भूपेन्द्र यादव, वातावरण, वन र जलवायु परिवर्तन मन्त्री, भारत सरकार

  मुख्तार बाबायेव, कोप २९ अध्यक्ष, अजरबैजानको पारिस्थितिकी र प्राकृतिक स्रोत मन्त्री

नाम निर्धारित हुन बाँकीे, बहराइन अधिराज्य

५  शर्मिन सोनेया मुर्शिद, सामाजिक कल्याण मन्त्रालय र महिला तथा बालबालिका मामिला मन्त्रालयको माननीय सल्लाहकार, बंगलादेश

महामहिम गेम छिरिङ, ऊर्जा र प्राकृतिक स्रोत मन्त्री, भुटानको शाही सरकार

थोरिक इब्राहिम, पर्यटन र वातावरण मन्त्री, मालदिभ्स

८  नाम निर्धारित हुन बाँकीे, पाकिस्तान

 इकुइना अकिको, संसदीय उपमन्त्री (परराष्ट्र मामिला), जापान

१० अब्दुल्ला बालाला, ऊर्जा र दिगोपन मामिलाका सहायक परराष्ट्र मन्त्री, संयुक्त अरब इमिरेट्स

११ ब्यारोनेस सुसान हेमान, संसदीय अवर(राज्य सचिव (लर्ड्स मन्त्री), संयुक्त अधिराज्य

१२  राजदूत बाडेर उमर अल दाफा, जलवायु परिवर्तनका लागि परराष्ट्र मन्त्रीको विशेष दूत/उपमन्त्री, कतार

१३ दिनारा केमेलोभा, पर्वतीय क्षेत्रको विकासका लागि पाँचवर्षे कार्ययोजनाको कार्यान्वयनका लागि किर्गिजस्तानका राष्ट्रपतिको विशेष प्रतिनिधि, किर्गिज गणतन्त्र

१४ इस्सा बिन सालेह अल शिबानी, ओमान सल्तनतका राजदूत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved