काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने तोसिमाको चिन्ता

नेपालभ्युज

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने तोसिमाको चिन्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा तोसिमा कार्कीले राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं–तराई/मधेस द्रूतमार्गको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली–नेपालीबीच झडप हुने अवस्था बनेको बन्दै गएको भन्दै परियोजना टुङ्गो लगाउने गरी काम अगाडि बढाउन माग गरेकी हुन् ।

‘राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं-तराई/मधेस द्रूत मार्गको निर्माण सम्पन्न हुन सकेको छैन । प्रस्थान विन्दुको टुङ्गो लागेको छैन । वर्षौंदेखि स्थानीय नागरिक र निर्माण पक्ष र नेपाली सेना पटकपटक विवाद हुने गरेको अवस्था छ,’ उनले भनिन्, ‘सरकार र सदन दुवैसँग अनुरोध गर्न चाहन्छु, राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली नेपालीबीच झडप हुने अवस्था बन्दै गएको छ । त्यहाँका नागरिकसँग समन्वय गरेर परियोजना टुङ्गो लगाउने गरी काम अगाडि बढाइयोस् ।’

यस्तै, सांसद कार्कीले संसद् सचिवालयमा यही वैशाख १९ गते ध्यानाकर्षण प्रस्ताव दर्ता गरेकाे र ११ दिन पुग्दासमेत उक्त विषयले संसद्मा प्रवेश नपाएको बताइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved