पाकिस्तानी मन्त्रीको चेतावनी – पानीको समस्या समाधान नभए युद्धविराम खतरामा पर्न सक्छ

नेपालभ्युज

पाकिस्तानी मन्त्रीको चेतावनी – पानीको समस्या समाधान नभए युद्धविराम खतरामा पर्न सक्छ

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इसहाक दारले भारतसँगको आसन्न वार्तामा पानीसम्बन्धी विवाद समाधान नभए दुई देशबीचको युद्धविराम खतरामा पर्न सक्ने चेतावनी दिएका छन् ।

सीएनएनसँगको अन्तर्वार्तामा उनले भने, “यदि पानीको समस्या समाधान भएन भने त्यसलाई युद्धको कार्यका रूपमा लिइनेछ ।”

दारले दक्षिण एशियाली क्षेत्रीय अस्थिरताको मुख्य कारणका रूपमा कश्मीर विवाद औंल्याउँदै उक्त क्षेत्रको भविष्यबारे आत्मनिर्णयको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

पहलगाम आक्रमणपछि भारतले सिन्धु जल सन्धि रद्द गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved