अफगानिस्तानमा शहीद भएका गोर्खा सैनिकका तस्वीर परिवारलाई हस्तान्तरण

नेपालभ्युज

अफगानिस्तानमा शहीद भएका गोर्खा सैनिकका तस्वीर परिवारलाई हस्तान्तरण

पोखरा । अफगानिस्तान द्वन्द्वका क्रममा वीरगति प्राप्त गरेका १५ जना गोर्खा सैनिक तथा बेलायती सैनिकका तस्वीरहरू उनीहरूको नेपाली परिवारलाई हस्तान्तरण गरिएको छ ।

पोखरास्थित गोर्खा सङ्ग्रहालयमा एक विशेष समारोहबीच तस्वीरहरू हस्तान्तरण गरिएको हो ।

यी तस्वीरहरू बेलायतस्थित गोर्खा संग्रहालयमा प्रदर्शनीमा राखिएका थिए । बेलायती कलाकार तथा पूर्व सैनिक केभिन विल्सले अफगानिस्तानमा ज्यान गुमाएका ४५७ जना बेलायती सैनिकको तस्वीर बनाएका थिए, जसमा गोर्खा ब्रिगेडका १५ जना सदस्यहरू पनि थिए ।

बेलायती संस्था ‘ब्रेभहर्ट्स क्यानभास’का सह-संस्थापक केभिन विल्स र बेंजामिन स्कल्ली काठमाडौं आइपुगेका थिए । उनीहरूसँगै अफगान युद्धमा घाइते भएका भूतपूर्व गोर्खा सैनिक हरी बुढाथोकी पनि कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा बेलायतका राजदूत रोब फेन, बृटिश गोर्खा नेपालका कमान्डर कर्नेल ड्यान डेक्स, गोर्खा संग्रहालय ट्रस्टका निर्देशक डा. डारेन बोयल, गोर्खा सैनिकका परिवार सदस्य, पूर्व सैनिक तथा शुभेच्छुकहरूको उपस्थिति थियो ।

शहीद गोर्खा तथा बेलायती सैनिक – 

लेस कर्नेल रोबर्ट्स

लेस जोश बोम्यान

लेफ्टिनेन्ट एडिडा ड्रिन्ड-धयाक्स्टन

लेफ्टिनेन्ट नील वर्किंगटन

सीएसएम कृष्णबहादुर थापा

कर्पोरल अनिल पुन

कर्पोरल कुमार पुन

लान्स कर्पोरल सिद्धान्त कुँवर

लान्स कर्पोरल गम्भीरबहादुर गुरुङ

राइफलम्यान सुदीप वलम्बु

राइफलम्यान बिपिन थापा

राइफलम्यान सुशील गुरुङ

राइफलम्यान युवराज थापा

राइफलम्यान रिचार्ड कुलुङ

स्यापर ईश्वर गुरुङ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved