महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट २८ वटा बेवारिसे सवारीसाधन सम्बन्धित धनीले लगे

नेपालभ्युज

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट २८ वटा बेवारिसे सवारीसाधन सम्बन्धित धनीले लगे

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेवाररिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ।

महाशाखाले बिहीवार एक कार्यक्रमका बीच बेवारिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई बुझाएको हो।

२८ सवारीसाधनमा १७ वटा मोटरसाइकल तथा ११ वटा स्कुटर रहेका छन्। सम्बन्धित सवारीधनीलाई सवारी हस्तान्तरण गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले सवारी चालकहरूले पार्किङ गर्दा ध्यान पुर्‍याउन आवश्यक रहेको बताए। जथाभावी पार्किङ नगर्ने, पार्किङ गर्दा उज्यालो स्थानमा राख्ने गरेमा सवारीसाधन हराउनबाट जोगाउन सकिने उनले बताए।

महाशाखा प्रमुख जोशीले भने, “हाम्रो एउटा डेडिकेटेट युनिट छ चोरीसम्बन्धी हेर्ने। आज चोरीका केही सवारीसाधनहरू फेला परेपछि सम्बन्धित सवारी धनीलाई बोलाएर दिएका छौं। यसमा धेरै मिहिनेत छ। यहाँहरूले पनि आफ्नो सवारीसाधनको सुरक्षा गर्नुपर्छ। त्यसको लागि उज्यालो ठाउँमा राख्ने, जथाभावी पार्किङ नगर्ने गर्नुपर्छ। कतिपय सवारीसाधन बेवारिसे रूपमा प्राप्त गरेका छौँ र कतिपय चोरीपछि पक्राउ गरिएका छन्। चोरीमा संलग्नहरूलाई कानूनको दायरामा ल्याएर कानूनअनुसार कारबाही हुन्छ। तपाईले कतिपय स्थानमा बेवारिसे अवस्थामा रहेका सवारी सधान देख्नुभएमा १०३ मा खबर गरिदिनु होला।”

महाशाखा प्रमुख जोशीले कतिपय सवारीसाधन चोरी गरेको पाइएकोले चोरी गर्नेहरूलाई कानूनि दायरामा लगेपछि मात्रै सम्बन्धितलाई सवारीसाधन हस्तान्तरण गरिने बताए।

उनले लामो समयसम्म बेवारिसे रूपमा रहेका सवारी साधन देखे १०३ मा फोन गरेर सूचना दिन आग्रह गरे। महाशाखाले चालु आर्थिक वर्षमा ८६१ वटा चोरीका सवारीसाधनहरू हालसम्म सम्बन्धित धनीलाई बुझाइएको र चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याएको उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved