नेकपा एसनिकट युवा संघमा विवाद, निर्णय सच्याउन चार नेताको माग

नेपालभ्युज

नेकपा एसनिकट युवा संघमा विवाद, निर्णय सच्याउन चार नेताको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीनिकट युवा संघ नेपालमा विवाद बढेको छ । पार्टीले अन्तरपार्टी निर्देशनमा हालका अध्यक्ष र पदाधिकारी पार्टीको केन्द्रीय सदस्य भएकाले संघबाट विदा गर्ने उल्लेख गरेको थियो । तर, पार्टीको निर्देशनविपरीत पार्टीका इन्चार्जले संघमा बाँकी रहेका पदाधिकारी तथा केन्द्रीय सदस्यसँग छलफल नै नगरी पार्टीको केन्द्रीय कमिटिमा रहेका नेतालाई समेत सदस्य तोकी कार्यदल बनाएको भन्दै चार जना नेताहरूले आपत्ति जनाएका छन् ।

उपमहासचिवद्वय संजिप राई र निर्भिक खनाल तथा सचिवद्वय भेषराज शाह र अनिल बोगटीले संयुक्त विज्ञप्ति जारी इन्चार्जले गरेको गलत निर्णय सच्याउन माग गरेका छन् ।

‘निर्णय नसच्चाए युवा संघ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै युवा आन्दोलनलाई गलत दिशामा जान रोक्न हाम्रो जिम्मेवारी र जवाफदेहिताको बोधगरी यो गलत आभ्यास र निर्णयका सम्बन्धमा हामी कडा कदम चल्न बाध्य हुने कुरा जानकारी गराउँदछौँ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved