काठमाडौं । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ पाकिस्तानले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको थियो ।
“हामीले गरेको सम्झौताको निरन्तर उल्लङ्घन भइरहेको छ,” भारतीय विदेश सचिव विक्रम मिश्रीले शनिबार राति एक पत्रकार सम्मेलनमा भनेका थिए ।
यता, सीमावर्ती क्षेत्रहरूमा भएको गोलाबारीबारे मिडियाको प्रश्नको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयले पनि भारतलाई दोष दिएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक विज्ञप्ति जारी गर्दै भन्यो, “पाकिस्तान र भारतबीच घोषणा गरिएको युद्धविरामको इमान्दार कार्यान्वयनप्रति पाकिस्तान पूर्ण रूपमा प्रतिबद्ध छ ।”
शनिबार राति भएको घटनाको बारेमा विज्ञप्तिमा भनिएको छ, “भारतबाट केही क्षेत्रमा उल्लङ्घन भइरहेको भएपनि हाम्रा सेनाहरूले जिम्मेवारी र संयमका साथ परिस्थितिलाई सम्हालिरहेका छन् । हामी विश्वास गर्छौं कि यदि युद्धविरामको उचित कार्यान्वयनमा कुनै समस्या उत्पन्न हुन्छ भने यसलाई सही स्तरमा वार्ताद्वारा समाधान गर्नुपर्छ र जमिनमा तैनाथ सेनाले पनि संयम अपनाउनुपर्छ ।”
भारत र पाकिस्तानबीच युद्धविराम भएको केही घन्टामा भारततर्फको जम्मु कश्मीर क्षेत्रका श्रीनगर विष्फोटको आवाज सुनिएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए ।
Facebook Comment
Comment