पुटिनको आह्वानमा जेलेन्स्की : वार्ता गर्न तयार छु

नेपालभ्युज

पुटिनको आह्वानमा जेलेन्स्की : वार्ता गर्न तयार छु

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूससँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ‘प्रत्यक्ष वार्ता’ गर्न आह्वान गरेपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शनिबार क्रेमलिनबाट गरिएको दुर्लभ टेलिभिजन सम्बोधनमा पुटिनले भनेका थिए, “हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्न गम्भीर वार्ता गर्न चाहन्छौं ।”

आइतबार जेलेन्स्कीले ‘सकारात्मक सङ्केत’ भएको उल्लेख गर्दै भने, “रूसीहरूले अन्ततः युद्ध अन्त्य गर्ने बारेमा विचार गर्न थालेका छन् ।”

उनी थप्छन्, “सम्पूर्ण विश्वले यसको लागि धेरै लामो समयदेखि पर्खिरहेको छ । र कुनै पनि युद्धको साँच्चिकै अन्त्य गर्ने पहिलो चरण भनेको युद्धविराम हो । एक दिनको लागि पनि हत्या जारी राख्नुको कुनै अर्थ छैन । हामी आशा गर्छौं कि रूसले भोलि, मे १२ देखि पूर्ण, दिगो र भरपर्दो युद्धविरामको पुष्टि गर्नेछ र युक्रेन भेट्न तयार छ ।”

मस्को र किभबीचको अन्तिम प्रत्यक्ष वार्ता तीन वर्षअघि युक्रेनमा रुसको पूर्ण-स्तरको आक्रमण सुरु भएलगत्तै भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved