पाकिस्तानबाट फेरि आक्रमण भए कडा जवाफ दिने भारतको चेतावनी

नेपालभ्युज

पाकिस्तानबाट फेरि आक्रमण भए कडा जवाफ दिने भारतको चेतावनी

एजेन्सी । पाकिस्तासँग जारी तनावपछि युद्धविराम सुरु भएको केही घण्टामा नै भारतको रक्षा मन्त्रालयले फेरि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ ।

युद्धविराम गर्ने सहमति भएको केही समयपछि भारतको रक्षा मन्त्रालयले शनिबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय थलसेना, वायुसेना र नौसेनाका अधिकारीहरूले पाकिस्तानसँगको द्वन्द्वमा भारतका सबै सैन्य संरचना सुरक्षित रहेको बताए ।

पत्रकार सम्मेलनमा थलसेनाबाट कर्नल सोफिया कुरैशी, वायुसेनाबाट विङ कमान्डर व्योमिका सिंह र नौसेनाबाट कमोडोर रघु आर. नायर उपस्थित करिब १० मिनेट लामो पत्रकार सम्मेलनमा पाकिस्तानले गलत प्रचार गरिरहेको भन्दै चर्को आपत्ति समेत जनाएको छ ।

उनीहरू पाकिस्तानले गलत सूचना फैलाउँदै भारतको एस-४०० र ब्रह्मोस मिसाइल बेसमा क्षति पुर्‍याएको भनि गरेको दाबी पूर्ण रूपमा गलत भएको बताए । ‘सिरसा, जम्मू, पठानकोट र भुजस्थित एयरफिल्डहरूमा आक्रमण गरिएको दाबी गलत हो । चण्डीगढ़ र ब्यासस्थित सैन्य गोदामहरू पूर्ण सुरक्षित छन्,’ थलसेनाकी कर्नल कुरैशीले भनिन् ।

भारतले मस्जिदहरूमा क्षति पुर्‍याएको भनी पाकिस्तानले झुटो प्रचार गरिरहेको उनको दाबी छ । भारत धर्मनिरपेक्ष राष्ट्र भएकाले पाकिस्तानका स्कर्दू, जकुबाबाद, सरगोदा र बुलारीस्थित एयरफिल्डहरूमा आफ्नो सेनाले असर पुर्‍याएको उनको भनाइ छ ।

भारतीय नौसेनाका कमोडोर रघु आर. नायरले भारत सबै सैन्य कारबाहीहरू रोक्न सहमत भएको, तर पाकिस्तानले पुनः रवैया देखायो भने त्यसको निर्णायक जवाफ दिइने बताए । ‘भारतीय थलसेना, वायुसेना र नौसेना मातृभूमिको सुरक्षाप्रति पूर्णतः प्रतिबद्ध छन्,’ उनले भने, ‘हाम्रो सतर्कता उच्चस्तरमा रहेको छ, र यदि कुनै दुस्साहस दोहोरियो भने त्यसको जवाफ अझ कठोर हुनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved