विदेश राज्यमन्त्रीको भारत–पाकिस्तान भ्रमणबारे साउदी सरकारले भन्यो : हाम्रो उद्देश्य सैन्य द्वन्द्व रोक्नु थियो

नेपालभ्युज

विदेश राज्यमन्त्रीको भारत–पाकिस्तान भ्रमणबारे साउदी सरकारले भन्यो : हाम्रो उद्देश्य सैन्य द्वन्द्व रोक्नु थियो

काठमाडौं । साउदी अरेबिया सरकारकले आफ्ना विदेश राज्यमन्त्रीको भारत र पाकिस्तानको भ्रमणको उद्देश्य दुई देशबीच जारी सैन्य द्वन्द्व रोक्नु तथा संवाद र कूटनीतिक माध्यमबाट सबै विवाद समाधान गर्नु रहेको बताएको छ ।

विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री अदेल अल–जुबैरको भारत र पाकिस्तान भ्रमणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

‘साउदी अरेबियाको नेतृत्वको निर्देशनमा विदेश राज्यमन्त्री तथा जलवायु दूत अदेल अल–जुबैरले मे ८ र ९, २०२५ को बीचमा भारत र पाकिस्तानको भ्रमण गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमणको उद्देश्य दुई देशबीच जारी सैन्य द्वन्द्व रोक्नु र संवाद र कूटनीतिक माध्यमबाट सबै विवाद समाधान गर्नु रहेको थियो ।’

भारत भ्रमणका क्रममा साउदीका विदेश राज्यमन्त्री अल–जुबैरले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेका थिए ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी भ्रमणमा गएका बेला जम्मू–कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । त्यसलगत्तै मोदी भ्रमण छोट्याएर फर्किएका थिए ।

हिन्दू पहिचान भएका पर्यटकलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको हत्या गरिएको थियो ।

साउदीका विदेशमन्त्री अल–जुबैरले मे ८ र ९ को बीचमा पाकिस्तानको पनि भ्रमण गरेका थिए ।

साउदीका विदेश राज्यमन्त्रीसँग भारतीय विदेशमन्त्रीको भेट : आतंकवादसँग दृढतापूर्वक लड्ने विचार साझा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved