जम्मू-कश्मीरमा पुनः गोलाबारी सुरु

नेपालभ्युज

जम्मू-कश्मीरमा पुनः गोलाबारी सुरु

काठमाडौं ।   भारत र पाकिस्तानबीच जम्मू-कश्मीरमा पुनः गोलाबारी भएको खबर प्राप्त भएको छ ।  शुक्रबार राति नियन्त्रण रेखा (एलओसी) मा दुवै पक्षबाट गोली हानाहान भएको बीबीसीले खबर लेखेको छ ।

बीबीसीका अनुसार कुपवाडाको करनाह र तंगधार, उरी र पुंछमा साँझ ७ बजेपछि गोलीबारी सुरु भएको हो।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार उरी सेक्टरमा गोली विस्फोटको आवाज सुनिएको छ।   पठानकोटमा रहेको बीबीसी टोलीले पनि विस्फोटको आवाज सुनेको समाचारमा उल्लेख छ ।

यसअघि भारतीय विदेश मन्त्रालयले शुक्रबार गरेको प्रेस ब्रिफिङमा कर्णेल सोफिया कुरेशीले बिहीबार रातभर फरकफरक स्थानमा आक्रमण भएको जानकारी दिएकी थिइन्। तर पाकिस्तानले भने त्यस्तो कुनै आक्रमण नभएको दाबी गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved