काठमाडौं । भारतले आतङ्कवादविरुद्धको संयुक्त अनुसन्धानमा सहभागी हुन देखाएको इच्छा विश्वास गरिहाल्न नसकिने बताएको छ ।
भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले शुक्रबार ‘अपरेसन सिन्दुर’बारे बिफिङ गर्दै यस्तो बताएका हुन् ।
पठानकोट हमलाको सन्दर्भमा पनि संयुक्त अनुसन्धान टोली गठन गरिएको सम्झँदै उनले त्यसमा कुनै प्रगति नभएकाले पाकिस्तानको आतङ्कवादविरुद्धको विश्वसनीयतामा शंका उत्पन्न भएको स्पष्ट पारेका छन् ।
‘पठानकोट हमलाको सन्दर्भमा पनि संयुक्त अनुसन्धान टोली गठन गरिएको थियो । हामीले पाकिस्तानी टोलीलाई आक्रमण स्थलमा सहजै पहुँच दियौं । कल रेकर्ड डाटा, र डीएनए आदिको विवरण पाकिस्तानसँग साझा गरिएको थियो । हामीले फेला पारेका आतङ्ककारीहरूको ठेगाना र घटनासँग सम्बन्धित विवरण उनीहरूसँग साझा गरेका थियौं । यस हमलाको षड्यन्त्र रच्ने जैश–ए–मोहम्मदका सदस्यहरू, उनीहरूलाई सघाउ पुर्याउने र मार्गनिर्देश गर्नेहरूविरुद्ध प्रमाण पेश गरेका थियौं । तर यस विषयमा कुनै प्रगति भएको छैन,’ विदेश सचिवले जारी गरेको चार पृष्ठ लामो वक्तव्यमा भनिएको छ, ‘त्यसैले, यी सबैमा मलाई लाग्छ हामीले भोगेका अनुभव सकारात्मक छैनन् र संयुक्त अनुसन्धानमा सहभागी हुन इच्छा देखाएको पाकिस्तानी दाबीप्रति झट्टै विश्वास गरिहाल्न हामी सक्दैनौं । यी केवल ढिलाइ गर्ने र केवल अवरोध पुर्याउने रणनीतिहरू हुन् ।’
विदेश सचिव मिश्रीले भारतले पाकिस्तानमाथि नभएर आतङ्वादीका अखडामाथि आक्रमण गरेको स्पष्ट पारेका छन् ।
भारतीय आक्रमणबाट पाकिस्तानका सर्वसाधारणको मात्र मृत्यु भएको भन्ने दाबीको पनि विदेश सचिव मिश्रीले खण्डन गरेका छन् । त्यहाँ बढी आतङ्ककारी मारिएको उनको दाबी छ ।
उनले भारतले पाकिस्तानका मस्जिदमा आक्रमण गरेको पाकिस्तानी दाबीको खण्डनसमेत गरेका छन् ।
विदश सचिव मिश्रीले बरु पाकिस्तानी सेनाले कश्मीरका शिख समूदायलाई लक्षित गर्दै आक्रमण गरेको बताएका छन् ।
यसअघि पाकिस्तानी शहबाज शरिफले गत अप्रिल २६ मा पहलगामको हमलामा आफ्नो देशको कुनै संलग्नता नभएको दाबी गरेका थिए । उनले आतङ्कवादविरुद्ध तठस्थ र संयुक्त अनुसन्धानका लागि पाकिस्तान तयार रहेको बताएका थिए ।
यसैलाई लिएर भारतको प्रतिक्रिया आएको हो ।
यस्तो छ वक्तव्यको पूरा अंश :

Facebook Comment
Comment