पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीको उद्दार गर्न रास्वापाको ध्यानाकर्षण

नेपालभ्युज

पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीको उद्दार गर्न रास्वापाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीको उद्दारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधसभामा बोल्दै उनले विद्यार्थीहरूको उद्दारको माग गरेका हुन् ।

‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्दारको माग गर्नुभएको छ । तुरून्त उद्दार र सुरक्षाको पहल होस्,’ उनले भने ।

खनालले सार्क अध्यक्षको नाताले क्षेत्रीय शान्ति र स्थितरताको पक्षमा नेपालले वक्तव्य सार्वजनिक गर्नु स्वागतयोग्य भएको उनले बताए । ‘भारत-पाकिस्तानबीच “युद्व” को स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखला को असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरु माथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु,’ उनले भने ।

संसदलाई समग्र परिस्थितिको मुल्यांकन र तयारीबारे सरकारले जानकारी गराउनुपर्ने उनको भनाइ छ । २६ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको विरूद्धमा भारतले अपरेशन सिन्दुर चलाइरहेको छ । भारत र पाकिस्तानले एक अर्काविरूद्ध गएराति भीषण हमला गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved