काठमाडौं । राजसंस्था पुनर्स्थपानका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालीन आन्दोलनको घोषणा गरेको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो । तीन प्रमुख माग सहित समितले आन्दोलन गर्ने भएको हो । परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरीको नयाँ समझदारी, सर्वधर्म समभाव सहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको माग सहित आन्दोलनको घोषणा भएको हो ।

आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,’हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह सहितको आन्दोलन हुनेछ । राजा र जनताबीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ,’ उनले भने ।
समितिको आन्दोलन सरकारविरूद्ध नरहेको उनले बताए । जनतामा निहीत सार्वभौम सत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ गर्नु आन्दोलनको मुख्य उद्देश्य रहेको उनले बताए । परिवर्तनकारी शक्तिहरूले चाहेको खण्डमा संविधानको परिधिभित्रैबाट आफूहरूको माग सम्बोधन गर्न सकिने उनले बताए ।
आन्दोलनमा राप्रपा, राप्रपा नेपाल सहितका राजनीतिक दल र विभिन्न समूहहरूले समेत ऐक्यवद्धता जनाएका छन् ।

Facebook Comment
Comment