ओली भन्छन् – मेरो किड्नी फेल हुनुका कारण पेन किलर र जेल बसाई

नेपालभ्युज

ओली भन्छन् – मेरो किड्नी फेल हुनुका कारण पेन किलर र जेल बसाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो किड्नी फेल हुनुको कारण पेन किलर र जेल बसाई भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“मेरो किड्नी किन खराब भयो भन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ ?’ ओलीले भने ।

उनले गोलघर बसाइँसमेत सम्झिए । ओलीले भने, “चिसो गोलघरभित्र भुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ ? नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर केटनस आदि इत्यादि भएन संयोगको कुरा हो ।”

उनले थपे, “मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने ! अहिले बाँची हालौं, पेन किलरको असरपछि हेरौंला भनेर । यस्ता काबु बाहिरका परिस्थिति बेग्लै कुरा हो, काबुुका परिस्थिति त्यस बेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गर्दथ्यौं ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved