पाकिस्तानले भारतीय कूटनीतिज्ञलाई बोलाएर के भन्यो ?

नेपालभ्युज

पाकिस्तानले भारतीय कूटनीतिज्ञलाई बोलाएर के भन्यो ?

काठमाडौं । पाकिस्तानी विदेश कार्यालयले भारतीय कूटनीतिज्ञलाई बोलाएर हवाई हमलाको कडा विरोध जनाएको छ ।

बुधबार मध्यरातमा भारतले गरेको हवाई आक्रमणको बारेमा मन्त्रालयले भारतीय कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको हो ।

मन्त्रालयले भारतीय कूटनीतिज्ञलाई भनेको छ, “आक्रमण पाकिस्तानको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन हुन् र त्यस्ता आक्रमण अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्र र दुई देशबीचको सम्बन्धलाई नियन्त्रित गर्ने महासन्धिहरूको उल्लङ्घन हुन् ।”

भारतलाई यस्तो गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याउने मन्त्रालयले चेतावनी दिएको छ ।

उल्लेखनीय छ कि मङ्गलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हवाई आक्रमण गरेको थियो, जसमा पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए । -बीबीसी हिन्दीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved