काठमाडौं । भारतीय सेनाले बुधबार मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानहरूलाई “निशाना बनाएको” बताएको छ, जहाँ आतङ्कवादी लुकेका ठाउँहरूलाई लक्षित गरिएको थियो ।
पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव निरन्तर बढ्दै गएको थियो । अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।
त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।
सेनाले आफ्नो अपरेसनलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ र यसको बारेमा जानकारी दिन बुधबार बिहान सेनाका दुई महिला अधिकारीहरू पत्रकारहरूसामु उपस्थित भए । ती अधिकारीहरू को हुन् ? जानौं –
कर्नल सोफिया कुरेशी
कर्नल सोफिया कुरेशी भारतीय सेनाकी एक उच्च अधिकारी हुन् ।
सन् २०१६ मा बहुराष्ट्रिय क्षेत्र प्रशिक्षण अभ्यास भारतको पुणे शहरमा भएको थियो । FTX को ‘फोर्स १८’ मा ASEAN प्लस देशहरू समावेश थिइन् । यो भारतीय भूमिमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्थल सेना अभ्यास थियो ।
यसमा ४० सैनिकको भारतीय सेनाको टोलीको नेतृत्व सिग्नल कोर्प्सकी महिला अधिकारी लेफ्टिनेन्ट कर्नल सोफिया कुरेशीले गरेकी थिइन् । त्यतिबेला उनले यति ठूलो बहुराष्ट्रिय अभ्यासमा भारतीय सेनाको प्रशिक्षण टोलीको नेतृत्व गर्ने पहिलो महिला अधिकारी बन्ने दुर्लभ गौरव प्राप्त गरेकी थिइन् ।
रक्षा मन्त्रालयले पनि आफ्नो अघिल्लो पोस्टमा यो जानकारी दिएको थियो र सोफिला कुरेशीको तस्वीर पनि साझा गरेको थियो ।
कुरेशी गुजरातकी हुन् । उनले बायोकेमिस्ट्रीमा स्नातकोत्तर गरेकी छन् । कुरेशी एक सैन्य परिवारबाट आएकी हुन् । उनका हजुरबुवा भारतीय सेनामा थिए । उनको विवाह मेकानाइज्ड इन्फन्ट्रीका एक अधिकारीसँग भएको छ ।
सोफिया कुरेशी सन् १९९९ मा १७ वर्षको उमेरमा सर्ट सर्भिस कमिसन मार्फत भारतीय सेनामा भर्ना भएकी थिइन् ।
उनले छ वर्षदेखि संयुक्त राष्ट्र शान्ति सेनामा पनि काम गरिसकेका छन् । यसमा सन् २००६ मा कङ्गोमा एक उल्लेखनीय कार्यकाल समावेश थियो । त्यतिबेला उनको मुख्य भूमिका शान्ति कार्यहरूमा प्रशिक्षण-सम्बन्धित योगदान प्रदान गर्नु थियो ।
व्योमिका सिंह
सेनाको अपरेशन सिन्दूरको बारेमा मिडियालाई जानकारी दिने दोस्रो अधिकारी विंग कमाण्डर व्योमिका सिंह थिइन् ।
व्योमिका सिंह भारतीय वायुसेनामा हेलिकप्टर पाइलट हुन् । रिपोर्टका अनुसार उनी सधैं पाइलट बन्न चाहन्थिन् । उनको नामको अर्थ नै ‘आकाशसँग जोड्ने’ हो र यही नामले उनको महत्वाकाङ्क्षालाई आकार दियो ।
व्योमिका सिंह राष्ट्रिय क्याडेट कोर अर्थात् एनसीसीमा थिइन् र इन्जिनियरिङ गरेकी छिन् । उनले सन् २०१९ मा भारतीय वायुसेनाको उडान शाखामा पाइलटको रूपमा स्थायी आयोग प्राप्त गरिन् ।
सिंहले २५०० घण्टाभन्दा बढी उडान भरेकी छिन् । उनले जम्मू कश्मीर र उत्तर-पूर्वी भारतमा कठिन परिस्थितिमा चेतक र चिता जस्ता हेलिकप्टर उडाएकी छन् ।
उनले धेरै उद्धार कार्यहरूमा पनि महत्त्वपूर्ण भूमिका खेलेकी छन् । यी मध्ये एउटा अपरेशन नोभेम्बर २०२० मा अरुणाचल प्रदेशमा भएको थियो ।
उनी आफ्नो परिवारमा सशस्त्र सेनामा भर्ती हुने पहिलो महिला हुन् ।
नोभेम्बर २०२० मा सिंहले अरुणाचल प्रदेशमा एक प्रमुख उद्धार अभियानको नेतृत्व गरिन् । यो अपरेशन उच्च उचाइमा, खराब मौसममा र दुर्गम क्षेत्रहरूमा सञ्चालन गरिएको थियो । त्यस्ता क्षेत्रहरूमा मानिसहरूको जीवन बचाउन हवाई सहयोग धेरै आवश्यक छ । साथै सन् २०२१ मा उनले मणिरङ पर्वतको पर्वतारोहण अभियानमा पनि भाग लिइन् । यो पहाड २१,६५० फिट अग्लो छ । यस अभियानमा तीनै सेनाका महिला अधिकारीहरूले भाग लिएका थिए ।
Facebook Comment
Comment