भारतले मध्यरातमा २५ मिनेट चलाएको थियो ‘अपरेसन सिन्दुर’

नेपालभ्युज

भारतले मध्यरातमा २५ मिनेट चलाएको थियो ‘अपरेसन सिन्दुर’
तस्वीर - एएफपी

काठमाडौं । भारतले पाकिस्तान नियन्त्रित कश्मीरमा मध्यरातमा २५ मिनेट ‘अपरेसन सिन्दुर’ चलाएको पाइएको छ ।

भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले बुधबार पत्रकार सम्मेलन गर्दै भनिन्, “भारतीय सशस्त्र बलले ६-७ मे २०२५ को राति १:०५ देखि १:३० बजेको बीचमा ‘अपरेसन सिन्दुर’ सञ्चालन गरेको थियो ।”

“यो अपरेशन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतङ्कवादी हमलाको शिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेशनमा नौ आतङ्कवादी शिविरहरूलाई लक्षित गरी पूर्णरूपमा ध्वस्त पारिएको थियो,” उनले थपिन् ।

पाकिस्तानमा विगत तीन दशकदेखि ‘आतङ्कवादी पूर्वाधार’ निर्माण भइरहेको उनको भनाइ छ ।

आक्रमणमा २६ जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर)का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले आक्रमणमा ४६ जना घाइते भएका छन् । आक्रमणबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए ।

पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको सैन्य कारबाही ‘अपरेसन सिन्दुर’ लाई लिएर कडा आपत्ति जनाएको छ । मन्त्रालयले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रामकता र यसबाट अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा उत्पन्न खतरा’ बारे जानकारी दिएको जनाएको छ ।

यता, भारतले सीमापार आक्रमणको जवाफ दिने र प्रतिकार गर्ने आफ्नो अधिकार प्रयोग गर्दै पाकिस्तानमाथि हमला गरेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved