खगेन्द्र सुनारविरुद्ध अवहेलना मुद्दा : लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

नेपालभ्युज

खगेन्द्र सुनारविरुद्ध अवहेलना मुद्दा : लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । दलित अभियन्ता भनेर चिनिने खगेन्द्र सुनारविरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनारलाई सात दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो ।

रुकुम पश्चिमको सोती घटनामा उच्च अदालत सुर्खेतले जातीय छुवाछुतसम्बन्धी मुद्दा भने सफाइ दिएको थियो । सो फैसलापछि सुनारले अदालत गेटमा न्यायाधीशविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा उनले मुद्दामा फैसला गर्ने उच्चका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको राजीनामा माग्दै ब्यानर प्रदर्शन गरेका थिए ।

उच्च अदालतको फैसलालाई लिएर न्यायाधीशविरुद्ध उत्रिएपछि अधिवक्ता मनीषा गौतमले वैशाख १९ गते सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् । यस किसिमका प्रदर्शनले अदालतमाथिको नागरिक विश्वासमा प्रश्न उठाउने गौतमको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved