रेशमको गैरकानुनी गिरफ्तारीले संघीयता, समावेशीता लोकतन्त्रप्रतिको विश्वासमा चोट : रञ्जिता श्रेष्ठ

नेपालभ्युज

रेशमको गैरकानुनी गिरफ्तारीले संघीयता, समावेशीता लोकतन्त्रप्रतिको विश्वासमा चोट : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारी भएको भन्दै सरकारसँग  जवाफ माग गरेकी छिन् ।

प्रतिनिधिसभामा बो्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण रेमशको गिरफ्तारी गरेको भन्दै उनले गैरकानुनी गिरफ्तारीप्रति आपत्ति व्यक्त गरेकी छिन् । संसदमा उनले भनेकी छिन्,’रेशम चौधरीको गैरकानुनी गिरफ्तारीले संघीयता, समावेशिता, लोकतान्त्रप्रतिको विश्वासमा चोट पुगेको छ ।’

घटनाको निष्पक्ष छानबिन गरी स्पस्ट जवाफ दिन उनले सरकारसँग माग गरेकी छिन् । वैशाख १७ मा जनमत र नाउपा एकता घोषणा सभामा कमलादी पुगेका रेशम गिरफ्तारीमा परेका थिए । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बस्नेतले आफैँ पत्र लेखेर प्रहरीलाई बुझाउँदै उनको गिरफ्तारी गराएका थिए । सर्वोच्चले उक्त पत्र संस्थागत नभएको र अनधिकृत रहेको भन्दै अर्को पत्र पठाएपछि पाँच घण्टापछि डिल्लीबजारस्थित कारागारबाट रेशम छुटेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved