प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डबीच संक्रमणकालीन न्यायबारे छलफल

नेपालभ्युज

प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डबीच संक्रमणकालीन न्यायबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेताद्वयबीच संक्रमणकालीन न्याय सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री ओली र उनका विज्ञ सल्लाहकार अग्नि खरेल तथा माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव वर्षमान पुन थिए।

यसअघि संक्रमणकालीन न्याय सम्बन्धमा छलफलका लागि प्रधानमन्त्री काङ्ग्रेस सभापति शेरहबादुर देउवा सहित छलफलमा बोलाउँदा प्रचण्ड अनुपस्थित थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved