अष्ट्रेलियाको चुनावमा लेबर पार्टी विजयी, अल्बानीज फेरि प्रधानमन्त्री बन्ने

नेपालभ्युज

अष्ट्रेलियाको चुनावमा लेबर पार्टी विजयी, अल्बानीज फेरि प्रधानमन्त्री बन्ने
Photo - theaustralian.com

काठमाडौं । अष्ट्रेलियाको आम निर्वाचनमा सत्तारूढ लेबर पार्टी विजयी भएको छ । यससँगै एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा चुनावी प्रक्षेपणहरुलाई गलत साबित गर्दै लेबर पार्टीले उत्कृष्ट पुनरागमन गरेको हो ।

विपक्षी नेता पिटर डटनले पराजय स्वीकार गरेका छन् । उनले प्रधानमन्त्री अल्बानिजलाई बधाईसमेत दिएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विपक्षी दलले अघिल्लो आम निर्वाचनको तुलनामा यसपटक आफ्नो सिटसमेत गुमाएको छ ।

दोस्रो कार्यकालका लागि पनि चुनाव जितेको लेबर पार्टीले अब तत्कालै सरकार गठनको प्रक्रिया थाल्ने अल्बनीजले बताए ।  उनले भने, “आशा, दृढ सङ्कल्प र एक अर्काका विश्वासका साथ हामी अष्ट्रेलियाको भविष्य निर्माणका लागि काममा फर्कनेछौं । सबैलाई धन्यवाद ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved