स्रोत नखुलेको ७० लाख नगदसहित एक व्यक्ति पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको ७० लाख नगदसहित एक व्यक्ति पक्राउ
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ९९ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँ महानगरपालिका–१६ बाइपासस्थित ओरालो बाटोमा स्रोत नखुलेको रु ६९ लाख ९९ हजार नगदसहित नुवाकोट ककनी गाउँपालिका–३ चाउथेका २९ वर्षीय नवराज ढुङ्गानालाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कालो रङ्गको झोलाभित्र नगद बोकेर हिँडिरहेको अवस्थामा ढुङ्गानालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका ढुङ्गानासँग प्रहरीले रु एक हजारका दरको पाँच हजार ७३४ थान, रु ५०० दरको दुई हजार ५३० थान, ल्यापटप ब्याग एक थान र साइड ब्याग एक थान बरामद गरेको छ उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता मैनालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved