काठमाडौं । सामाजिक सुरक्षाको कोषलाई सरकारले अनिवार्य गर्ने भएको छ ।
संसद्मा सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सबै प्रकृतिका रोजगारीका सेवा र क्षेत्रमा संलग्नलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गराउने उल्लेख छ ।
सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन्, ‘योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ । सबै प्रकृतिका जुनसुकै सेवा शर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेगरी कोषको भूमिका र दायरालाई विस्तार गरिने छ ।’
कम्पनी, संस्था, सहकारी, फर्म तथा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिने सरकारको नीति छ ।
Facebook Comment
Comment