हितेन्द्र भन्छन् – पाँच/सात मिनेट बत्ती जानु लोडसेडिङ होइन, स्मार्ट मिटरको ट्रिपिङ हो

नेपालभ्युज

हितेन्द्र भन्छन् – पाँच/सात मिनेट बत्ती जानु लोडसेडिङ होइन, स्मार्ट मिटरको ट्रिपिङ हो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच/सात मिनेट बत्ती जानु लोडसेडिङ नभएर स्मार्ट मिटरको ट्रिपिङ भएको बताएका छन् ।

प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले लोडसेडिङ नहुनेसमेत स्पष्ट पारे ।

उनले भने, “वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ । हरेक ग्राहक लाई भएको छ । हुनसक्छ कुनै ग्राहकलाई हजार पटक भयो होला कुनै ग्राहकलाई सय पटक भयो होला चैत्र मसान्तसम्म तर औसतमा ८२५ पटक ट्रिपिङ भएको रहेछ । यो तथ्याङ्कले बोल्छ । यो स्मार्ट मिटर हो कसैले ढाटेर ढाँट्न मिल्दैन । र यसको जम्मा अवरोध हेर्दा एक पटकमा ३७ मिनेट प्रतिअवरोध सालाखालामा बत्ति गएको देखिन्छ । र जम्मा ५०९ घन्टा औसतमा गएको छ ग्राहकमा । यसलाई विचार गर्नुपर्ने हुन्छ ।”

उनले थपे, “हामी अहिले पाँच/सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रुपमा लेख्छौं ।अब लोडसेडिङ गराउन लाग्यो भनेर । यो तथ्याङ्कलाई मनन गर्नुपर्छ । यो अवरोध लाई क्रमश कम गर्दै लैजाने छ । अहिले जसरी बत्ती जान लाग्यो बत्ती गयो भनेर यो एउटा संवेदनशीलता हो ।”

प्राधिकरणको सम्पत्ति ६ खर्ब नाघेपनि सिस्मक कमजोर रहेको शाक्यको भनाइ छ ।

“हाम्रो सिस्टम ३ हजार ५११ मेगावट उत्पादनको क्षमता भएको हो, त्यसमा करिब २३ सय मेगावट डिमाण्ड आपूर्ति गर्ने सिस्टममा १३ हजार ७१४ मेगावटको सब्टिसन सञ्चालनमा छन् । त्यसले सिस्टमको सब्टिसन प्रणाली त मजबुत छ, त्यहाँ राम्रै खर्च भएको रहेछ तर नेटवर्क सञ्जाल चाँही कमजोर छ । यसले सिस्टम ट्रिपिङ भइरहेको देखिएको छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved