काठमाडौं । आईपीएल (IPL) २०२५ को ५१औं खेलमा आज गुजरात टाइटन्स (GT) ले सनराइजर्स हैदराबाद (SRH) को सामना गर्दैछ ।
खेल गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रङ्गशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।
यस सिजनमा दुवै टोली दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । पछिल्लो खेलमा गुजरातले हैदराबादलाई आफ्नै घरेलु मैदानमा ७ विकेटले पराजित गरेको थियो । यसैबीच हैदराबादले अहमदाबादमा गुजरातविरुद्ध अझै जित हासिल गर्न सकेको छैन ।
१२ अङ्कसहित चौथो स्थानमा रहेको गुजरातलाई अब प्लेअफमा छनोट हुन केवल दुई जित आवश्यक छ । यता ६ अङ्कसहित नवौं स्थानमा पुगेको हैदराबाद अर्को हारसँगै प्लेअफ दौडबाट बाहिरिन सक्छ । यस्तो अवस्थामा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा छ ।
आईपीएलमा गुजरात र हैदराबादबीच ६ खेल भएका छन् । गुजरातले ४ र हैदराबादले १ जितेको इतिहास छ । जबकि १ खेल अनिर्णीत रह्यो । दुई टोलीबीच अहमदाबादमा दुई खेल खेलिएको थियो, गुजरातले दुवै पटक जितेको थियो । गुजरातले घरेलु मैदानमा २० मध्ये १२ खेल जितेको छ ।
जारी सिजनमा गुजरातका साई सुदर्शनले पाँच अर्धशतकसहित ४५६ रन बनाएका छन् । कप्तान गिलले ३८९ रन बनाएका छन् भने जोस बटलरले ४०६ रन बनाएका छन् र यस सिजनमा शीर्ष ७ ब्याट्सम्यानमा पर्छन् ।
बलिङमा प्रसिद कृष्ण, मोहम्मद सिराज र इशान्त शर्मा राम्रो लयमा छन् ।
यता, हेनरिक क्लासेन हैदराबादका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ९ खेलमा २८८ रन बनाएका छन् । साथै, अभिषेक शर्माले पछिल्ला दुई खेलमा दोहोरो अङ्कमा रन बनाउन सकेका छैनन् ।
बलिङमा हर्षल पटेलले राम्रो प्रदर्शन गरेका छन् ।
पिच रिपोर्ट
अहमदाबादको पिच ब्याटिङमैत्री मानिन्छ । रङ्गशालाको तीव्र आउटफिल्डले पनि ब्याट्सम्यानहरूलाई मद्दत गर्छ । यहाँ उच्च स्कोरिङ खेलहरू देखिन्छन् ।
यहाँ अहिलेसम्म ३९ वटा आईपीएल खेल खेलाइएको छ । १८ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने २१ खेलमा पछ्याउने टोलीले जित्यो । यस रङ्गशालाको उच्चतम टोली स्कोर २४३/५ हो, जुन यस सिजनमा पञ्जाब किङ्ग्सले गुजरातविरुद्ध बनाएको थियो ।
सम्भावित प्लेइङ-१२
गुजरात : शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, वाशिङ्गटन स्यान्डर, शाहरुख खान, राहुल तेवाटिया, करिम जनात, राशिद खान, साई किशोर, मोहम्मद सिराज, प्रशिद कृष्ण, इशान्त शर्मा ।
हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, कामिन्दु मेन्डिस, हर्षल पटेल, जयदेव उनाडकट, जीशान अन्सारी, मोहम्मद शामी, ट्राभिस हेड ।
Facebook Comment
Comment