युक्रेनको खेरसनमा ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु

नेपालभ्युज

युक्रेनको खेरसनमा ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु

काठमाडौं । युक्रेनको खेरसनमा ड्रोन आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । यो क्षेत्र हाल रुसको नियन्त्रणमा छ ।

दक्षिणी युक्रेनको खेरसनको रुसी नियन्त्रित भागमा युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको रुसी गभर्नर भ्लादिमिर साल्डोले बताएका छन् ।

भ्लादिमिर साल्डोले भने, “युक्रेनले स्थानीय समयअनुसार बिहान करिब ०९:३० बजे ओलेस्कीको बजारमा आक्रमण गरेको थियो । यसबाट ज्यान गुमाउनु परेको छ ।”

यसअघि रुसी आक्रमणमा दुई युक्रेनी नागरिकको मृत्यु भएको खबर आएको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रातको समयमा रुसी ड्रोन आक्रमणको विरोध गरेका छन् ।

उनले ओडेसा शहरमा २१ वटा ड्रोन आक्रमण भएको बताए । यसका कारण धेरै ठाउँमा आगलागी भयो र धेरै मानिसहरूको मृत्यु भयो ।

उनले किभ र सुमी लगायत अन्य क्षेत्रहरूमा पनि आक्रमण भएको बताए ।

जेलेन्स्कीले भने, “रूसले बिना शर्त युद्धविरामको लागि अमेरिकी प्रस्तावलाई “बेवास्ता” गरिरहेको छ ।” बीबीसी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved