विद्यालय कर्मचारीको गुनासो : माग पूरा गराउने भनेर आन्दोलनमा बोलाए, अहिले केही हात लागेन

नेपालभ्युज

विद्यालय कर्मचारीको गुनासो : माग पूरा गराउने भनेर आन्दोलनमा बोलाए, अहिले केही हात लागेन

काठमाडौं । काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएका विद्यालय कर्मचारीहरूले माग सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् ।

झण्डै एक महिना काठमाडौं बसेर आन्दोलन गरे पनि सम्झौतामा आफूहरूका लागि केही सहुलियत नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् ।

नेपाल शिक्षक महासङ्घले सबै माग पूरा गराउने भनेर आफूहरूलाई आन्दोलनमा बोलाइए पनि अहिले केही हात नपरेको भन्दै उनीहरूले गुनासो गरेका हुन् ।

‘सङ्घीय शिक्षा ऐन हातैमा लाउँछौँ भनेर हामी हुम्ला जुम्ला, मुगु, कालिकोटबाट आएर काठमाडौंकेन्द्रित आन्दोलनमा लाग्याैं । अहिले केही हात लागेन,’ एक कर्मचारीले गुनासो गरे, ‘शिक्षक नेताहरू राजनीतिक पार्टीको पक्षधर बन्दा शिक्षकहरूको आन्दोलन तुहियो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved