असार १५ गते विद्यालय शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

नेपालभ्युज

असार १५ गते विद्यालय शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

काठमाडौं ।  शिक्षक महासंघले सरकारले प्रतिवद्धता जनाएको समयसीमाभित्र विद्यालय शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ ।

सरकासँगको सहमतिपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यस्तो चेतावनी दिएका हुन् । ‘सरकारले तोकेको समयसीमाभित्र ऐन जारी नभए यो भन्दा पनि कडा आन्दोलन गर्ने हामी जानकारी गराउदछौँ,’ उनले भने।

आन्दोलनको प्रमुख माग नै ऐन जारी हुनुपर्ने रहेकाले प्राविधिक प्रक्रियालाई मध्यनजर गर्दै सरकारलाई असार १५ सम्मको समयसीमा दिएको उनले बताए । समयसीमा तोकिनु उपलब्ध रहेको अध्यक्ष सुवेदीले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved