कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु

नेपालभ्युज

कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु

काठमाडौं । भारतको कोलकातास्थित एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । पुलिस कमिश्नर मनोज कुमार वर्माले व्यस्त बजार क्षेत्रको एक होटलमा आगलागी भएको बताएका छन् ।

आगलागी नियन्त्रणमा आइसकेको छ । उद्धारकर्ताहरूले केही मानिसलाई सो होटलबाट बाहिर निकालेका छन् । प्रहरीका अनुसार ऋतुराज होटलमा आगलागी भएको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार आगोबाट बच्न केही मानिसहरू झ्यालबाट हामफालेको देखिएको थियो । यसरी हामफाल्दा केही घाइतेसमेत भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved