आईसीएल क्रिकेट प्रतियोगिता १८ फागुनदेखि

नेपालभ्युज

आईसीएल क्रिकेट प्रतियोगिता १८ फागुनदेखि

काठमाडौं। फागुनमा हिमालय स्पोर्टस म्यानेज्मेन्टले पहिलो इण्डोर कर्पोरेट लिग (आईसीएल) क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। ग्रेट हिमालय क्रिकेट एकडेमीसँगको सहकार्यमा यो प्रतियोगिता गर्न लागेको आयोजकले बुधबार एक पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

१८-२१ फागुनसम्म चार दिन चल्ने प्रतियोगिताका खेलहरू ललितपुर, हात्तिवनस्थित ग्रेट हिमालय क्रिकेट एकडेमीमा हुनेछ। यो प्रतियोगितामा १६ कर्पोरेट टिमको सहभागिता रहनेछ।

प्रत्येक टिममा १० खेलाडी रहनेछन् भने खेल दौरान प्लेइङ सेटमा भने ८–८ खेलाडीले मात्र खेल्न पाउनेछन्।

त्यस्तै प्रतियोगिताका खेलहरू १०–१० ओभरमा खेलाइने आयोजकले जनाएको छ। लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा कुल २७ खेल हुनेछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved