शिक्षकमाथि प्रधानमन्त्रीले दमनको भाषा बोलेको भन्दै पुनको विरोध

नेपालभ्युज

शिक्षकमाथि प्रधानमन्त्रीले दमनको भाषा बोलेको भन्दै पुनको विरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रका  सांसद् वर्षमान पुनले   शिक्षकहरू माथि  सरकारले दमनको भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको भन्दै विरोध जनाएका हुन् ।

पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए । ‘करिब एक महिनादेखि पेशागत माग राखेर शिक्षकहरू सडक आन्दोलनमा छन् । विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ’, पुनले भने, ‘यसको म निन्दा र भर्त्सना गर्दछु ।’

लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनुपर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको उनले बताए ।  ‘लोकतन्त्रमा जनताका असन्तुष्टि र मागको सम्बोधन संवादबाट हुनुपर्ने हो’, उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै शिक्षकहरू प्रति बल प्रयोग र हठको भाषा बोलिरहनुभएको छ ।’

पुनले तत्काल वार्ता मार्फत शिक्षकहरूका जायज माग सम्बोधन गर्न आफ्नो दलका तर्फबाट माग गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved