कामु गभर्नर ढुङ्गानालाई भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्री पौडेलको निर्देशन

नेपालभ्युज

कामु गभर्नर ढुङ्गानालाई भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंङ्गानालाई  कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति भट्टलाई आगामी गभर्नर नियुक्त गर्ने सहमति भएसँगै अर्थमन्त्री पौडेलले यस्तो  निर्देशन दिएका हुन् ।

पौडेलको सचिवालयले भन्यो, ‘आज दिउँसो अर्थमन्त्रीज्यूले बोलाएपछि कामु गभर्नर मन्त्रालयमा आउनुभएको थियो। मन्त्रीज्यूले स्पष्ट रूपमा भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिनुभएको छ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved