पहलगाम घटनाको संसदमा निन्दा

नेपालभ्युज

पहलगाम घटनाको संसदमा निन्दा

काठमाडौं । कश्मिरको पहलगाम घटनामा भएको आतंककारी हमलाको  संसदमा निन्दा भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद गोकर्ण विष्टले घटनाप्रति खेद व्यक्त गरेका हुन् ।
संसदमा बोल्दै उनले भने,’नेपाली नागरिक सुदीप न्यौपाने सहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी हमलाप्रति खेद व्यक्त गर्न चाहान्छु । ‘

घटनामा ज्यान गुमाएकाप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । गत मंगलबार पहलगाममा आतंककारी समुहले २६ जनाको गोली प्रहार गरी हत्या गरेको थियो । उनीहरूले धर्म सोध्दै गोली प्रहार गरेको विवरण सार्वजनिक भइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved