शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाए

नेपालभ्युज

शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाए

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएका छन् ।

विज्ञप्ति जारी गर्दै मन्त्री पन्तले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेका हुन् ।

पन्तले भनेका छन्, “शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासङ्घलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु ।”

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् ।

यता, सर्वोच्च अदालतले पनि शिक्षकहरूका माग सम्बोधन गरी तीन दिनभित्र शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ ।

पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved