आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिन्छौँ : गगन थापा

नेपालभ्युज

आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिन्छौँ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिने बताएका छन् ।

लोकतन्त्र दिवसमा बिहीबार आयोजित संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।

थापाले भने, “हाम्रा केही आधारभूत कुराहरू छन्, त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ । यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।”

उनले गठबन्धन पनि समाधानको उपाय नभएको बताए । गठबन्धन मिलेर जाउँ भनेको मिलेर खाउँ भनेको जस्तो भएको उनले टिप्पणी गरे ।

साथै, प्रमुख पार्टीमा रहेका शीर्ष नेताहरूप्रति आम मानिसको भरोसा टुटिसकेको थापाको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved