जम्मू-कश्मीर हमला : आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार

नेपालभ्युज

जम्मू-कश्मीर हमला : आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार

काठमाडौं । भारतीय प्रहरीले जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा संलग्नहरूको तस्वीर जारी गरेको छ ।

अनन्तनाग प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्वीर जारी गर्दै तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ र तीनै जना चरमपन्थी सङ्गठन लश्कर-ए-तैयबासँग सम्बन्धित रहेको बताएको छ ।

प्रहरीले तीन जनालाई आतङ्ककारीको रूपमा वर्णन गर्दै भन्यो, “उनीहरूको बारेमा कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख भारु पुरस्कार दिइनेछ ।”

पहलगाम नजिकै बैसरन उपत्यकामा मङ्गलबार आतङ्कवादी हमला भएको थियो, जसमा एक नेपालीसहित २७ जनाको मृत्यु भएको थियो र धेरै घाइते भएका थिए ।

पहलगामबाट करिब पाँच किलोमिटर टाढा रहेको बैसरन पर्यटकहरूमाझ लोकप्रिय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved