मकवानपुर । दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर सर्वसाधारणले अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खुलाउन प्रहरीले हवाई फायरिङ गरेको छ । हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट सोमबार दिउँसो हेटौडा चाइनाक्वाटरका अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको थियो।
यही विषयलाई लिएर स्थानीयले सडक अवरुद्ध गरेका थिए। प्रहरीले बल प्रयोग गरेर अवरुद्ध सडक खुलाएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केही समय स्थानीय र मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका थिए।
प्रहरीले तीन राउण्ड हवाइ फायर गर्दै बल प्रयोग गरेर राजमार्ग खुलाएको हो। प्रहरीले राजमार्ग अवरोध गर्ने तीनजनालाई नियन्त्रणमा समेत लिएको छ । घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस सञ्चालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमा नआएको, दोषीलाई कारवाही नभएको र उचित क्षतिपूर्ति नदिएको भन्दै हेटौंडा–१ चाइना क्वाटरबासीले राजमार्ग अवरुद्ध गरेका थिए।
Facebook Comment
Comment