कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी हुन धम्की आयो : शिक्षक महासङ्घ

नेपालभ्युज

कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी हुन धम्की आयो : शिक्षक महासङ्घ

काठमाडौं । कक्षा १२ को परीक्षा प्रक्रियामा सामेल हुन राष्ट्रिय परीक्षा बोर्ड र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिक्षकहरूलाई धम्की आएको भन्दै नेपाल शिक्षक महासङ्घले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

वैशाख ११ देखि सुरु हुने परीक्षामा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्की आएको भन्दै महासङ्घले ध्यानाकर्षण भएको बताएको हो ।

शिक्षा  ऐनको माग गर्दै विगत २१ दिनदेखि  शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा छन् ।  आन्दोलन जारी रहेकाले  कक्षा १२ को परीक्षा प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह  गरेको छ ।

 

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै कक्षा १२ को केन्द्र तोकिएका विद्यालयका केन्द्राध्यक्षहरूलाई  समेत काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी हुन आह्वानसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved