तीनकुने आगजनीमा संलग्न भएको आरोपमा कैलाश कटवाल सिंहदरबारबाट पक्राउ

नेपालभ्युज

तीनकुने आगजनीमा संलग्न भएको आरोपमा कैलाश कटवाल सिंहदरबारबाट पक्राउ

काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा चैत १५ मा तीनकुनेस्थित निजी घरमा आगजनी गरेको आरोपमा कैलाश कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिंहदरबारमा रहेको राप्रपा संसदीय दलको कार्यलयबाट कटवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । राप्रपाको संसदीय दलको कार्यालयमा  सवारीसाधन सहित कटवाल पुगेका थिए ।

बाग्मती प्रदेश ०१-०२७ च ९८६२ नम्बरको गाडी भित्र कटवाल थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिने कोशिस गर्दा गाडीको सिसा लगाउँदै गाडी लक गरेका थिए । त्यसपछि प्रहरीले गाडी फुटाएर नियन्त्रणमा लिने प्रयास गरेपछि कटवालले आत्मसमर्पण गरेका हुन् । उक्त गाडीमा थप पाँच जना रहेपनि उनी मात्र पक्राउ परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved