राप्रपाको आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती

नेपालभ्युज

राप्रपाको आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनका कारण आज (आइतबार) काठमाडौंमा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

बिजुलीबजार लगायतका फुटपाथमा हिँडेकाहरूलाई समेत रोकेपछि सर्वसाधारण आक्रोशित बनेका छन् ।

तनाव बढ्न थालेपछि भर्खरै एक–एक गरेर छोडेको छ ।

निषेधित क्षेत्र भन्दै प्रहरीले सर्वसाधारणलाईसमेत रोकेको हो ।

यसैबीच प्रदर्शन बिजुली बजार क्षेत्रबाट बानेश्वरतर्फ अघि बढेको छ ।

प्रहरीले चेतावनी दिँदै भनेको छ, ‘निषेधित विन्दुमा हुनुहुन्छ । यहाँ भन्दा अगाडि नआइदिनु होला ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved