नयाँ दिल्ली । भारत र चीनबीच लद्दाख सीमामा भएको झडपले गम्भीर तनाव निम्त्याएपनि व्यापारीक सम्बन्धमा यसले खास असर गर्न नसकेको देखिएको छ। सन् २०२१ मा पनि भारतको सबैभन्दा ठूलो व्यापारीक साझेदारका रुपमा चीन कायमै रहेको सार्वजनिक भएको छ। यसअघि २०२० मा पनि चीन नै भारतको सबैभन्दा ठूलो व्यापारीक साझेदार थियो।
चीनसँगको भारतको व्यापार २०२१ मा ९ दशमलव ३ लाख करोड रुपैयाँ पुगेको छ। यो आफंैमा नयाँ रेकर्ड हो।
भारतले चीनबाट ७. २ लाख करोड रुपैयाँको सामाग्री आयत गरेको छ। जबकी, चीनमा केवल २ लाख करोड रुपैयाँको सामाग्री निर्यात गरेको छ।
आत्मनिर्भरताको नारामात्रै
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर भारतको नारा दिदैं आएपनि व्यवहारमा यो लागु भएको देखिन्न। आयत कम गरेर निर्यात बढाउने र देशभित्र उत्पादनलाई बढावा दिने मोदीको नारा थियो। विशेषज्ञहरुले चीनमाथिको निर्भरता कम गर्नका लागि यो अभियान थालिएको बताएका थिए। तर पछिल्लो व्यापारिक आँकडाले यी सबै प्रयासका बाबजुद पनि चीनमाथिको निर्भरता कम हुन नसकेको देखाउँछ।
चिनियाँ लगानीमा कमी
अप्रिल २०२० मा सीमामा तनाव देखिएपछि भारतले चीनका सबै लगानीमा रोक लगाउने निर्णय गरेको थियो। यी प्रतिबन्धहरूका कारण पछिल्लो एक वर्षमा चीनको लगानीमा गिरावट आएको छ। यसकारण प्रविधि र टेलिकम स्पेसमा अलिबाबा र टेनसेन्टजस्ता कम्पनीहरुको लगानी अचानक रोकियो।
सरकारले २ सयभन्दा बढी चिनियाँ एप्समाथि सुरक्षाको कारण देखाएर प्रतिबन्ध लगाएको थियो। यसमा टिकटक, वि च्याट र वीबोजस्ता लोकप्रिय ऐप छन्।
चिनियाँ कम्पनीहरूलाई अहिलेसम्म ५ जी ट्रायलबाट बाहिर राखिएको छ।
यी वस्तुमा बढ्यो आयात
तर चीनसँगको निर्भरता कम भएको छैन । भारतमा चीनबाट इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामान विशेषगरी स्मार्टफोन, मेसिनरी सामान, विशेष रसायन, एक्टिव फर्मास्यूटिकल इन्ग्रीडिएट्स (एपिआई), अटो कम्पोनेन्ट र २०२० पछि ठूलो संख्यामा मेडिकल उपकरणहरू आयात गरिएको छ।
भारतको वाणिज्य मन्त्रालयको आँकडाअनुसार २०२१ मा यी सबै प्रमुख आयातमा वृद्धि जारी छ। त्यस्तै, ल्यापटप–कम्प्युटर, अक्सिजन कन्सट्रेटर र एसिटिक एसिडजस्ता रसायनको आयतमा पनि ठूलो वृद्धि देखिएको छ।
भारतले यी वस्तुहरू नियार्त गर्छ
भारतले आइरन ओर, पेट्रोलियम इन्धन, कार्बनिक रसायन, रिफाइन्ड कोपर, कटनलगायत वस्तु चीनमा चिर्यात गर्दै आएको छ। खाद्य वस्तुतर्फ माछा र समूद्री खाना, कालो मरिच, वनस्पति, तेल आदी सामाग्री प्रमुख छन्।
Facebook Comment
Comment